दफा ४५
विशेष परिस्थितिमा मतदान स्थगित गर्न सकिने
(१) कुनै मतदान केन्द्रमा हुलदङ्गा लगायत अन्य असामान्य परिस्थिति उत्पन्न भई वा कुनै कारणले विद्युतीय उपकरण सञ्चालन हुन नसकी वा उपद्रव वा प्राकृतिक विपत्ति वा काबू बाहिरको कुनै कारणले मतदानको काम हुन नसक्ने कुरामा मतदान अधिकृत विश्वस्त भएमा निजले त्यस्तो मतदान केन्द्रको मतदान कार्य तत्काल स्थगित गरी सोकोसूचना सोही स्थानमा प्रकाशन गर्नु पर्नेछ ।
(२) मतदान अधिकृतले उपदफा (१) बमोजिम मतदान स्थगित गरेको सूचना तुरुन्त निर्वाचन अधिकृतलाई दिनु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम मतदान स्थगित भएको व्यहोराको जानकारी निर्वाचन अधिकृतले तुरुन्त आयोगलाई र मुख्य निर्वाचन अधिकृतलाई समेत दिनु पर्नेछ ।
(४) उपदफा (२) बमोजिमको जानकारी प्राप्त गरेपछि आयोगले अन्यथा निर्देशन दिएमा बाहेक निर्वाचन अधिकृतले त्यस्तो मतदान केन्द्रमा पुन मतदान हुने मिति र समय तोकी सोको सूचना त्यस्तो मतदान केन्द्रमा तुरुन्त प्रकाशन गर्नु पर्नेछ ।